Logo
Logo

फ्लोर क्रसले पार्टी सुद्धिकरण गर्ने आधार दियाे : शंकर पोखरेल


दृष्टि संवाददाता

4.5k
Shares

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुले पार्टी शुद्धीकरणको अभियानका लागि आधार प्रदान गरेको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा पाेखरेलले पार्टीमा चरम अनुशासनहीनता र अराजकताको स्थिति सिर्जना भएको अवस्थामा शुद्धीकरण अभियान आवश्यक रहेकोमा फ्लाेर क्रसले सहयाेग गरेकाे बताए ।

अध्यक्ष केपी शर्मा ओली पक्षधर पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्– ’पार्टीमा चरम अनुशासनहीनता र अराजकताको स्थिति सिर्जना भएको अवस्थामा शुद्धीकरणको अभियान आवश्यक थियो । फ्लोरक्रसको घटनाले त्यसका लागि आधार प्रदान गरेको छ । पार्टीलाई अराजकतावाट जोगाउन सबै मिलेर अनुशासनतर्फ फर्काउ।’

उनले पार्टीलाई अराजकताबाट जोगाउन सबै मिलेर अनुशासनतर्फ फर्काउनुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्