काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार (आज) बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो ।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो ।
उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो । त्यो भूकम्प ३।२ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको थियो ।