Logo
Logo

अन्तिम अवस्थामा किन काटियो दोबाटेको नाम ?


दृष्टि संवाददाता

3.2k
Shares

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीमा छानिएका नेपाली कांग्रेस सांसद दोबाटे विक अन्तिम अवस्थामा आएर नाम काटिएको छ । दोबाटेको शुक्रबार सपथग्रहणका लागि जाँदा–जाँदै नाम काटिएको हो ।

गण्डकी प्रदेश कांग्रेसले शुक्रबार तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिँदैछन् । तर, दोबाटे विकको भने नाम काटिएको छ । मणिभद्र पर्यटन र मेखलाल सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।

दोबाटे कानुनमन्त्री बन्दै थिए । तर, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन दबाब परेपछि दोबाटे विकको नाम काटिएको बताइएको छ । दोबाटे रामचन्द्र पौडेल पक्षीय हुन् ।

प्रतिक्रिया दिनुहोस्