Logo
Logo

कोइराला निवासमा पौडेल पक्षको बैठक


दृष्टि संवाददाता

14.2k
Shares


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ । महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

१४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल केन्द्रित हुने बताइएको छ । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको आजको बैठकमा छ । यस्तै केन्द्रीय क्रियाशील छानबिन समितिका तीन जना सदस्यलाई पनि बैठकमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्