Logo
Logo

ओली पक्ष र माधव पक्षका सांसदबीच झण्डै हात हालाहाल


दृष्टि संवाददाता

3.4k
Shares

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठकमै भनाभन भएको छ ।

यसअघि समितिले दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा बैठक डाकेको थियो । बैठकमा नेता नेपालले सुरूआतमा प्रतिनिधिसभा पुनःस्थापना भएकोमा खुसी व्यक्त गरेका थिए । उनले संसद ब्युताउन संघर्ष गर्नुपरेको तर्क गरेका थिए ।

त्यसलगत्तै अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि राना बैठकमा प्रवेश गरेपछि विवाद सुरु भएको थियो । उनले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुर्नस्थापना भएको बताउँदै नेपाल पक्षलाई ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै व्यंग्य गरेका थिए ।

वैशाख २७ गते प्रतिनिधिसभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्न माधव नेपालसहित २८ सांसद अनुपस्थित भएका थिए । सांसद रानाले प्रतिनिधिसभा विघटनको विषय राजनीतिक भएको टिप्पणी गरे । उनले प्रतिनिधिसभा विघटन हुनुको जिम्मा वरिष्ठ नेता नेपालले लिनु पर्ने बताएका थिए ।

माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा रोकेर ‘प्रतिगमनका मतियार’ भनेका थिए । त्यसिपछि भट्टले प्रतिकार गरेका थिए । उनले भने, ‘के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुहोस् ।’
त्यसपछि माधव नेपाल भने, ‘प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन । त्यसैले राजीनामा दिएर संसदबाट बाहिर जानुहोस् ।’ कांग्रेसका सांसदहरूले नेता नेपाल समूहलाई साथ दिए ।

प्रतिक्रिया दिनुहोस्