Logo
Logo

सर्वोच्चले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिएन


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाउने फैसला गरेको छ । आजको इजलासले निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

जसपाको आधिकरिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । उक्त निर्णयविरुद्ध ठाकुर सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्