काठमाडौं । नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ३९१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा कूल १२ हजार २ सय ४० पीसीआर र ५ हजार ३२ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ हजार ७ सय ३८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८६ जनाले संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।