Logo
Logo

एकता भाँड्ने क्रियाकलाप नगर्ने माधव समूहकाे निर्णय


दृष्टि संवाददाता

11k
Shares

काठमाडाैं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा बसेको नेपालपक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

उनले मुल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए ।

बैठकले पार्टी एकताका लागि भईरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शिर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्