Logo
Logo

बालबालिकाका लागि पनि खोप आउने


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । सरकारले बालबालिकाका लागि पनि खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले उक्त जानकारी दिएका हुन् ।

महाशाखा प्रमुख डा लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० (भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा), वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्