Logo
Logo

नेप्सेमा सामान्य करेक्सन


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८ दशमलव २४ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५० दशमलव ४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९३ बिन्दुले ओरालो लागेर ५ सय ७१ दशमलव १० मा ओर्लेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २ सय २३ कम्पनीको तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ४३ दशमलव ५, विकास बैंक ३४ दशमलव ३८, अन्य १० दशमलव ५१, सामूहिक लगानी कोष ० दशमलव २६ र लगानी ० दशमलव १५ बिन्दुले घटेको छ ।

व्यापार ५५ दशमलव ०४, होटल तथा पर्यटन १४ दशमलव १६, जलविद्युत् १०२ दशमलव ६५, वित्त ६५ दशमलव ५३, निर्जीवन बीमा १४ दशमलव ९३, उत्पादन ८४ दशमलव ६८, लघुवित्त ९८ दशमलव १, जीवन बीमा ६८ दशमलव ०७ बिन्दुले बढेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ४३ अर्ब २९ करोड ४७ लाख १० हजार बराबर पुगेको छ । कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा छ । कम्पनीको रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो ।

कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

एनआइसि एशिया ऋणपत्र ७ दशमलव २२, पोखरा फाइनान्स ५।२०, सनराइज प्रस्ट म्युचुअल फण्ड ४ दशमलव ०१, सनराइज बैंक ३ दशमलव ९० र लक्ष्मी बैंकका लगानीकर्ताले ३ दशमलव ६७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्