Logo
Logo

मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित


दृष्टि संवाददाता

504
Shares


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित भएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो ।

सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको परीक्षा व्यवस्थापन कार्यालयले सोमबार मध्यराति अर्को सूचना जारी गर्दैै एक साताका लागि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।

विश्वविद्यालयले आज (१२ गते) देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो । विद्यार्थीहरुले भने अनलाइनमार्फत् परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए । विश्वविद्यालयले विद्यार्थी आन्दोलनलाई नै कारण देखाउँदै परीक्षा स्थगित गरिएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्द प्रसाद सुवेदीद्वारा जारी सूचनामा भनिएको छ, ‘विज्ञान तथा प्रविधि संकार्यतर्फ १२ गतेदेखि सञ्चालन हुने स्नातक तह र १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सत्रान्त परीक्षा लगायत अन्य संकायका पूर्वनिर्धारित परीक्षा सम्बन्धि कार्यक्रमरू एक हप्ता पछाडि सार्ने गरी स्थगित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्