Logo
Logo

बैठकमा माधव पक्ष पनि सहभागी, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल


दृष्टि संवाददाता

6.6k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटमार सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी छ । बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल बैठक बसेको हो ।

बैठकमा एमालेको माधव नेपाल समूहको डा. विजय पौडेल सहभागी छन् । यद्यपि एमाले सरकारमा जाने.नजाने विषय एकिन हुन सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

अब जनता समाजवादी पार्टी (जसपा)लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्