Logo
Logo

राष्ट्रियसभामा राष्ट्रिय सरोकार समितिको प्रतिवेदन पेश


दृष्टि संवाददाता

882
Shares

काठमाडाैं । राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकार विज्ञसँग छलफल गरेको थियो ।

कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिइन् । एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए ।

राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते अपराह्न १ः ०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्