काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरूले छुट्टै संगठन बनाउनुपर्ने बताएका छन् । बिहीबार ‘विश्व बाघ दिवस’को अवसरमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा एउटा छुट्टै संगठनको आवश्यक रहेको बताउँदै उनले सन् २००९ मा जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा छेउ कालापत्थरमा बैठक राखेर विश्वको ध्यानाकर्षण गरेको बताए । नेता नेपालले आफ्नो प्रधानमन्त्री कालमा थलिएको बाघ संरक्षण सफल भएको समेत दावी गरे ।
सन् १९१२ मा रसियामा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलन महत्वपूर्ण रहेको बताउँदै उनले भने, ‘बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न विश्व समुदाय एकजुट हुनुपर्छ ।’