Logo
Logo

बिहे नगरेपछि असइमाथि बलात्कार मुद्दा


दृष्टि संवाददाता

249.4k
Shares


इटहरी बिहे गर्ने आश्वासनमा वर्षाै यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका असइ पक्राउ परेका छन् । असई जितेन्द्रनारायण मण्डललाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।


२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले हिरासतमा लिएर उनीमाथि कारबाही अघि बढाएको हो ।

जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरी सहायक निरीक्षक (असई) मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।

मण्डलले आफू अविवाहित रहेको भन्दै विवाह गर्ने प्रलोभनमा सम्बन्ध राख्दै आएको पीडित युवतीको भनाई छ । असई मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाएपछि भने आफूलाई अन्यायमा परेको थाहा पाएर प्रहरीमा उजुरी गरेको केसीले बताए ।
युवतीले न्यायको माग गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत ठाडो निवेदन दिएकी थिइन् । त्यसपछि असई मण्डल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका थिए । मण्डलले युवतीलाई आर्थिक प्रलोभन देखाउँदै मिल्न दबाब दिएको युवतीले बताएकी छन् ।

असई मण्डलले साउन ३ गते युवतीलाई ‘सल्लाह गर्न आऊ’ भन्दै बोलाएर ५० हजार रुपैयाँ दिने भनेर मिल्न दबाब दिएको समेत युवतीले बताइन् । मण्डलले लेखापढी व्यवसायीलाई युवतीसँगको सबै सम्बन्ध समाप्त भएको भन्दै कागज लेख्न लगाएर युवतीलाई सही गर्न भनेको तर आफूले हस्ताक्षर नगरेको युवतीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानमा बिहे गर्न नमानेपछि युवतीले बलात्कार मुद्दा दिएको खुलेको छ । कसैलाई झुटा आवश्वासन दिएर शारिरीक सम्बन्ध राखे पनि त्यो बलात्कार हुने कानूनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्