Logo
Logo

माधव निवासमा प्रचण्ड, सरकारमा सहभागी गराउने प्रयास


दृष्टि संवाददाता

3.2k
Shares

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड नेता नेपाललई भेट्न नेपाल निवास पुगेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल सहभागि नहुने अडान लिएपछि नेपाल निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । नेपाल निवास कोटेश्वर पुग्नुभन्दा अघि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेटन बालुवाटार पुगेका थिए ।

हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले आज मन्त्रीपरिषद विस्तार गर्ने सहमति गरेको थियो । तर नेपाल समूहले सरकारमा सहभागि नहुने अडान लिएपछि उनलाई मनाउँन प्रधानमन्त्री देउवा तथा अध्यक्ष प्रचण्डले दबाब दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्