Logo
Logo

माधव नेपाल र सुवास नेम्वाङबीच भेटघाट


दृष्टि संवाददाता

4.1k
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङबीच भेटघाट भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली तर्फका विगठित कार्यदलका संयोजक एवं संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र नेता नेपालबीच पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको हाे ।

एमाले स्रोतका अनुसार पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढने बिषयमा दुई नेताका बीचमा छलफल भएको छ । दुई नेताका बीचमा भएको भेटघाटको बारेमा बिस्तृत कुरा खुलाईएको छैन्।

नेम्वाङ र एमाले उपमहासचिव विष्णु पौडेल दुबै जना नेता नेपाललाई भेटेर पार्टी एकताको बारेमा छलफल गर्ने कार्यक्रम भए पनि पौडेल छलफलमा सहभागी भएनन् ।

आजै नेपाललाई भेटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका छन् । प्रचण्डसंगको भेटघाट पछि नेम्वाङ कोटेश्वर पुगेका थिए ।

कोटेश्वरमा नेपालसंग भएको छलफल बारेमा नेम्वाङले एमाले अध्यक्ष ओलीलाई बिफ्रिङ गरिसकेका छन् । नेता नेम्वाङले पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढाउँने सवालमा वरिष्ठ नेता नेपाल सकारात्मक रहेको बताए ।

‘उहाँ (माधव)ले सबभन्दा पहिला तपाई र विष्णु कमरेडसंग छुटाछुटै भेटछु अनि कुरा गर्छु भनेपछि मैले ठिक छ म भेट्न आउँछु मलाई समय दिनु’ नेम्वाङले भने, ‘उहाँले समय दिएपछि मैले एक्लै भेटे । पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल सकारात्मक भयो ।’

भेटको क्रममा नेम्वाङले अध्यक्ष ओली समेत भेटर छलफल गर्न खोजेको र बालकोटको ढोका सधै खुला रहेकाले स्वागत गर्न तयार रहेको बताए । जवाफमा नेता नेपालले पहिला पनि अध्यक्ष ओलीलाई भेटेको र अहिले पनि भेटने प्रतिबद्धता व्यक्त गर्दै छुटाछुटै भेटिसकेपछि ओलीसंग पनि छलफल गर्ने नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्