काठमाडौं । ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमाको पुनर्निर्माण सुरु भएको छ । शुक्रबार क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु गरिएको हो ।
ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका हुन् । क्षमा पुजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार अधिकारीहरुको सहभागिता थियो । उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको हो ।
सुनौलो मन्दिरको रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।
भूकम्पले क्षति पु¥याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो ।