काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । शुक्रबार दिउँसो नेपाल एयर लाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम खेप आइपुगेको हो । थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।