ञकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६ जना कोरोना संक्रिमत फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार २ सय ८० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल ९ हजार २ सय ६३ पीसीआर र ४ हजार २ सय ५६ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।
गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।