Logo
Logo

आजको मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । आज प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको र हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी प्रदेशका एक÷दुई स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको छ ।

यस्तै आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्