काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका बरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज विहान नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।
प्रचण्ड र नेता नेपालबीच दिनहुँजसो भेटवार्ता चलिरहेको छ । शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको बताइन्छ ।
माओवादी केन्द्रको बैठक पनि आज बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ ।