गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै विरोध सुरु भएको छ । सोही क्रममा जिल्लाका विभिन्न तहमा आइतबार मोटरसाइकल ¥यालीसहित विरोध प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रौतहटमा सत्ता आतंक ब्युँतिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
राजपुरमा अर्काको घरमा पसेर पटाका पड्काउने तथा रोक्न खोज्दा हातपात गर्ने, मर्यादपुरमा घरमा बसिरहेको अवस्था अल्पसंख्यक दलितलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने र उल्टै पीडितमाथि मुद्दा दर्ता गराउने, उचीडिह, करुनिया, सितलपुर र सन्तपुरमा कांग्रेस कार्यकर्ताद्वारा महिलाको बलात्कार गरिएको र पार्टी सरकारमा छ भन्दै उल्टै धम्काइएकोजस्ता घटना सामने आएपछि खबरदारी गर्न जनता सडकमा उत्रिएका हुन् ।
त्यस्तै, फतुवा विजयपुर, देवाही गोनाही, गरुडासहित कयौँ स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रमको करौडौँ रकम फ्रिज गराइ गरिबको अधिकार खोसेको, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमसमेत फ्रिज गराएको, विकास निर्माणका कार्य नगरिकन व्यापक भ्रष्टाचार र लुट मच्चाएको भन्दै जनता आजित भएका छन् । विरोध ¥यालीको नेतृत्व भने भ्रष्टाचार र वेथितिका विरुद्ध लड्न र समाजवाद स्थापना गर्न संघर्षका लागि नवगठित वामपन्थी संगठन आईटी आर्मीले गरेको छ ।
रौतहटको १८ वटै स्थानीय हजारौँको संख्यामा युवा कम्युनिष्ट पार्टीको झण्डा तथा आईटी आर्मीको झण्डा तथा फेटा बाँधेर गरुडामा भेला भएका थिए । त्यहाँबाट बाल्चनपुर, जंगलसहिया, कटहरिया, दिपही, खेसरहिया हुँदै सुकदेव चौकमा आएर सभामा परिणत भई समापन गरेका थिए । मोटरसाइकल ¥याली २५ हजारभन्दा बढी मोटरसाइकलसहित युवाहरु सहभागी भएको राष्ट्रिय संयोजक चन्द्र भुषण साहले बताए ।
-यालीमा सहभागीहरुले ‘कांग्रेसी सत्ता आतंक बन्द गर’ ‘गरीबको हक खोस्ने भ्रष्ट मेयर मुर्दावाद’ ‘न्याय छेक्ने कांग्रेसी सरकार मुर्दावाद’ ‘भ्रष्टचारी होसियार, लुटआतंक बन्द गर’ जस्ता नारा लगाउँदै जिल्ला परिक्रमा गरेका थिए । मोटरसाइकल ¥यालीमा वामपन्थी नेताहरु उपेन्द्र साह, कुन्दन कुश्वाहा, राजकिशोर यादव, त्रिभुवन साह, चन्देश्वर बैठा, राजन यादव, प्रेमलाल साहलगायत नेताहरुको समेत सहभागिता थियो ।