Logo
Logo

माओवादी स्थायी समितिले मन्त्रीको नाम टुंगो लगाउँदै


दृष्टि संवाददाता

3.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहालले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । अध्यक्ष प्रचण्ड माधवलाई भेट्न कोटेश्वर पुगेका थिए ।

नेता नेपाललाई भेटेर प्रचण्ड माओवादीको स्थायी समिति बैठकमा सहभागी भएका छन् । बैठक अहिले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ । यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्