काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क गर्न निर्देशन दिएको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार सूचना जारी गर्दै खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।
वैदेशिक रोजगारी एवं अन्य कामकाजको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।