काठमाडाैं । म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दिउँसो म्याद गुज्रिएको सामानलाई ‘रिलेबलिङ’ गर्ने गोदाममा छापा मारेको हो। प्रहरीले यस्तो गतिविधि गरेको अभियोगमा वीरगंज घर भएका अविनाश अग्रवाललाई नियन्त्रणमा लिएको छ ।
अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार घरभित्र दुई ट्रक भन्दा बढी म्याद गुज्रिएका समान छन्। भान्छामा प्रयोग हुनेदेखि कस्मेटिक सामान समेत प्रहरीले घरबाट बरामद गरेको हो।
बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ । टोलीले गोदामलाई सील गरेको छ ।