Logo
Logo

म्यानमारका एक सैन्यले गरे आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा


दृष्टि संवाददाता

2.8k
Shares

काठमाडौं । म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई गएको फेब्रुअरीमा हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो ।

यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन जारी छ । विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन् ।

उनले दुई वर्षपछि अर्थात सन् २०२३ सम्म चुनाव गराउने पनि बताएका बीबीसीले जनाएको छ । स्वतन्त्र र निष्पक्ष बहुदलीय चुनाव गराउन देशमा स्थिरता कायम गर्नु पर्ने उनले बताएका छन् ।

यसअघिको चुनावमा धाँधली भएको भन्दै विरोध गर्दै आएको सेनाले सुकी नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । हिरासतमा रहेकी नेतृ सुकीमाथि सेनाले विभिन्न शीर्षकमा मुद्दा चलाएको छ ।

उनले आफ्नो सरकारलाई कामचलाउ सरकार पनि भनेका छन् ।
उनले सन् २०२३ को अगस्टसम्ममा अहिलेको संकटकालीन अवस्थाले आफ्नो उद्देश्य पूरा गर्ने बताए । अझै दुई वर्ष म्यानमारमा सैनिक शासन जारी रहने भएको छ ।

गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याउँदा उनले एक वर्षभित्र चुनाव गराउने बताएका थिए । अहिले उक्त समय बढाएर साढे दुई वर्ष पुर्‍याइएको हो ।

गत वर्ष भएको चुनावमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुचीको पार्टीले भारी बहुमत ल्याएको थियो । म्यानमारको सैनिकले उक्त चुनावमा धाँधली भएको भन्दै सांसदहरूले सपथ लिने दिने कू गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्