Logo
Logo

सांसद कारवाही सर्वोच्चद्वारा सदरदेखि एन्फा विवाद हेर्न राखेपलाई निर्देशनसम्म


दृष्टि संवाददाता

1.9k
Shares

१. पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ६२ हजार ४ सय ३२ पुग्यो, २४ घण्टामा १ हजार ९ सय २५ संक्रमित निको भएर घर फर्किए, हालसम्म ६ लाख ५८ हजार १ सय २२ संक्रमित निको, २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु, हालसम्म ९ हजार ८ सय ९८ संक्रमितको मृत्यु, देशभर अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ पुग्यो ।

२. सर्वोच्च अदालतद्वारा फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउन एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई वैधानिक ठहर, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर, दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने आफ्नै अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज, एमालेका ४ सांसद पदमुक्तपछि कर्णाली सरकार बहुमतमा ।

३. नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले स्पष्टीकरणको मौका समेत दिएर सांसदबाट हटाएको देखिएकाले अन्तरिम आदेश दिन अस्विकार गरेको आदेशमा उल्लेख, सुविधा सन्तुलन समेतका दृष्टीले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको आदेशमा उल्लेख ।

४. नेकपा एमालेद्वारा ९ वटा विभागहरु गठन, संगठन विभागको प्रमुखमा विष्णु पौडेल र स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली तोकिए, संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहने, निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल रहने, माधव पक्षका लागि ठाउँ खाली छोडियो ।

५. नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति, सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी, साझा कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयनलगायतका विषय समेट्ने तयारी ।

६. लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग, मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनका तर्फबाट लिखित पत्र बुझाइयो, सांसदले सरकार फेर्न दिएको निवेदन कानूनविपरीत भएको लुम्बिनी सरकारको तर्क ।

७. यस वर्षको मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० जना बेपत्ता, ८१ जना घाइते, विपद्बाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत ५५ जिल्ला प्रभावित, विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति , प्राकृतिक विपत्तिबाट केही असहजता देखिएको भन्दै ती चुनौती सामना गर्नका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणद्वारा संसदलाई जानकारी ।

८. नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढ्यो, १० अर्ब ९८ करोडमाथिको कारोबार, मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने, मौद्रिक नीतिको मस्यौदा तयारः उच्च ऋण बिस्तार रोक्न कसिलो नीति, पोहोरको सुविधामा निरन्तरता,बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति, पुल नबनेपछि भारी बोकाएर तातोपानी नाकाबाट सामान ल्याइँदै, दैनिक ३ वटा कन्टेनर मात्रै आउँदै ।

९. अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले दिए पदबाट राजीनामा , नेतृत्वको टकराबका कारण फुटबलको हित नहुँने भन्दै राईले अहिले एकले अर्कालाई ‘हिलो छ्याप्ने’ काम बन्द गर्न आग्रह, प्रशिक्षक अल्मुताइरी र बरिष्ठ उपाध्यक्ष नेम्बाङको घटनाको छानविनको जिम्मा राष्ट्रिय खेलकुद परिषद्को काँधमा, सन्दीप लामिछानेले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ को कप्तानी गर्ने ।

१०.र, भारतमा थप ४० हजार संक्रमित, ४२४ संक्रमितको मृत्यु, अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला, लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या, अफ्गानिस्तानको तीन वटा मुख्य शहरमा तालिवानको भिषण हमला, म्यान्मारका सैन्य प्रमुख मिनद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा, दुई वर्षमा निर्वाचन गर्ने, आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या ।

प्रतिक्रिया दिनुहोस्