Logo
Logo

ओली र नेपालबीच आज भेटवार्ता हुने


दृष्टि संवाददाता

5.4k
Shares

काठमाडौैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुने भएको छ ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लाग्न बाँकी रहेको बताए ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएको हो । नेता नेम्वाङले भने, “आज मंगलबार दुई नेताबीच भेटवार्ता हुने करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।” मंगलबार साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उनले बताए ।

दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी भएको बताइएको छ । एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले नौ वटा केन्द्रीय विभाग गठन गरी संयोजक तोकेको छ ।

त्यसको भोलिपल्ट आज (मंगलबार) दुई नेताहरुबीच भेटवार्ता गर्ने समय तय भएको नेता नेम्वाङको भनाई छ । भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्