Logo
Logo

प्रहरीको परीक्षामै प्रश्नपत्र आउट ? डिआइजीको नेतृत्वमा छानबिन सुरु


दृष्टि संवाददाता

76.1k
Shares


काठमाडौं । नेपाल प्रहरीले गत शनिबार सञ्चालन गरेको यून प्रि स्याट परीक्षाको प्रश्नपत्र आउट भएको आशंकामा छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।


शान्ति मिसनमा जानका लागि प्रहरीले सुरुमा प्रि स्याट परीक्षा लिन्छ । प्रि स्याटमा उत्तिर्ण भएकाहरु यूएनका प्रतिनिधि समेतले लिने स्याट परीक्षामा सहभागी हुन पाउँछन् ।
प्रि स्याटको परीक्षा धेरै टफ हुँदैन । तर पनि प्रश्नपत्र बनाउने प्रहरीले आफ्ना साथीलाई चुहाएको आशंका गरिएको छ । परीक्षामा प्रश्न उठेपछि डिआइजीको नेतृत्वमा छानबिन सुरु भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्