Logo
Logo

‘ओली सरकारको जनविरोधी निर्णय खारेज गर्नुपर्छ’


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई शेरबहादुर देउवा सरकारले खारेज गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले वर्तमान सरकारको काम संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रको बाटोमा हिड्ने मात्र नभएर अघिल्लो सरकारको गलत निर्णयलाई सच्याएर अघि बढ्नु पनि रहेको बताएकी हुन् ।

उने भनिन्, ‘सरकारले संविधानलाई ट्र्याकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्छ। अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले सर्वोच्च अदालतको फैसला र आफूहरुको संघर्षले प्रतिनिधि सभाको पुनःस्थापना भएको भन्दै उनले सबैलाई बधाई दिइन् । उनले भनिन्, ‘यसले संसद्ले नयाँ सरकार दिन्छ भन्ने विकल्प र संविधानको धारा ७६ ९५० को कार्यान्वयन पनि यसैपटक आएको छु ।’

प्रतिक्रिया दिनुहोस्