काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो ।
प्रधानमन्त्री कार्यालयले आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ । ‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषदको (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहश्र जानकारी गराउँदछु’, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
डा रुपाखेती स्टार अस्पतालका निर्देशक हुन् ।